Erani Mahal
दशैं पर्व नजिकिएसँगै तानसेनमा किनमेल गर्नेको भीड
IMG_20211008_130806
सुमन गाहा,पाल्पा–पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारमा अहिले दशैँको चहलपहल बढेको छ । बिशालबजार, मखनटोल र नारायणथानमा बजार गर्न आउनेहरुको भिडभाड बढेको छ । अरु चोक र बजार पनि त्यत्तिकै व्यस्त देखिन्छन् । फुटपाथ देखि ठूला पसलसम्म सबै ठाउँमा चहलपहल बढेको छ । मानिसहरु सामान हेर्न, छान्न र किन्न व्यस्त छन् । बजारको भीड हेर्दा पोहोर लकडाउनले पसल खोल्न नपाएका व्यापारी तथा घरबाट बाहिर निस्कन नपाएका मानिस सबै बजारमै छन् कि जस्तो लाग्छ । सधै भीडभाड रहने मखनटोलमा मानिसको दोहोरो लर्को नै छ । सबै जना सामान किनेर घर पुग्ने हतारमा पनि देखिन्छन् । बारूदखानका प्रेम गाहाको रङ्गको पसल छ । उहाँको दसैँको बेला अरू बेला भन्दा पनि घरमा रङ्ग लगाउनेहरूले रङ्गहरू किन्न आउथे व्यापार राम्रो हुन्थ्यो तर यस वर्ष उहाँको व्यापार पहिला भन्दा कम भएको छ । उहाँ भन्नुहुन्छ अघिल्लो वर्ष कोरोनाले पसल खुलेको थिएन । मान्छे घरमै बन्द थिए । तर, अहिले भने कमसेकम पसल खुलेको छ । व्यापार गर्न पाइएको छ । थोरै भए पनि व्यापार भएको छ, अब त्यसमै खुशी मान्नुपर्छ । अर्का व्यापारी नारायण न्यौपानेको व्यापार पनि उस्तै छ । उहाँले भन्नुहुन्छ दशैँ भने पनि खास व्यापार छैन । तपाईँले पनि देखिरहनु भएको छ । भीडभाड चाहिँ राम्रै छ । तर, पसलमा भने व्यापार छैन ।अघिल्लो लकडाउन देखि नै व्यापार व्यवसाय लगायत मान्छेको दैनिकीमा असर परेको थियो । व्यापार भएन भन्नुभन्दा पनि मान्छेसँग पैसा नै छैन । व्यापारीको कुरा तथा अहिलेको बजारको चहलपहल हेर्दा मानिसले अहिले दशैँमा रहरको भन्दा पनि एकदमै आवश्यकताका कुरा मात्र किनिरहेको देखिन्छ । कोभिडका कारण लामो समय घरभित्रै थुनिएर बसेका मानिस अहिले बजारमा निस्फिक्री हिँडेका छन् । बजार भने साँच्चै दशैँमय भएको छ । दशैंतिहार जस्ता पर्व लागेपछि बजारमा भीडभाड बढेको अन्य व्यापारीको पनि भनाई छ । बजारमा किनमेल गर्ने र चाडपर्वका लागि आवश्यक पर्ने सामाग्री खरिदका लागि बजारमा अहिले भीड लागेको पाल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयो । चाडपर्वका लागि आवश्यक सामान किन्न र बैँकमा रेमिट्यान्स लिन आउने मानिसको समेत भीडभाड बढेको उहाँले बताउनुभयो । चाडपर्वका लागि आवश्यक खर्च लिनका लागि आवश्यक खर्च लिनका लागि समेत बैँकमा भीडभाड बढ्दा बजार समेत सोही अनुपातमा भीड लागेको व्यापारीहरुको भनाई छ ।
प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update