Erani Mahal
पाल्पाको बगनासकालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
death
पाल्पा–पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका २ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आईतबार बिहान स्याङ्गजाबाट बुटवल तर्फ जादै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले ठक्कर दिदा बगनासकाली गाउँपालिका वडा नं.२ बस्ने ५९ वर्षीय श्याम बहादुर रोकाको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update