Erani Mahal
लुम्बिनी सरकार कृषि मैत्री बन्दै गएको छःमन्त्री रायमाझी
suman_nvPiGj4urV
लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले प्रदेश सरकार कृषि मैत्री बन्दै गएको दाबी गर्नु भएको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको बताउनुभयो । उहाँले विगतमा भएका ठुला–ठुला अनुदानका कार्यक्रमहरु हटाएर वास्तविक किसानले लाभ लिन सक्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्रीले कोरोना महामारीपछि विदेशमा भएका युवाहरुले स्वदेशमै लगानी गर्न चाहेको बताउँदै उनीहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । किसानलाई व्यवसायीकरण गर्नका लागि बजारीकरणको विशेष नीति ल्याउनुपर्ने समेत बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update