Erani Mahal
पाल्पामा विश्व हुलाक दिवस मनाईयो
3
पाल्पा – पाल्पामा १४७ औं विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय पाल्पाले शनिबार एक कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइएको हो । कार्यक्रमका विशिष्ट अतिथि पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले हुलाक विगतमा सर्वसाधारणको अत्यन्त विश्वसनीय र भरपर्दो सूचना र सन्देश सम्प्रेषणकाे माध्यम् रहेको स्मरण गर्दै यसलाई दिगो राख्न समय सापेक्ष बनाउनुपर्नेमा जाेड दिनुभयाे । उहाँले हुलाक सेवालाई प्रभावकारी र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिँदै हुलाक कार्यालयले सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेलेकाे बताउनुभयाे । उहाँले हुलाक दिवसमा अवसरमा पाल्पामा दीप प्रज्वलन, कर्मचारी सम्मान एवं सभा र सरसफाइ कार्यक्रम गरेकाे जानकारी दिनुभयाे । कार्यक्रममा जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख जयदीप पन्थीले बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा रहेकाे भएपनि अहिले सूचना र प्रविधिकाे विकासले यसकाे विकल्प खाेज्ने अवस्था आएकाे बताउनुभयाे । उहाँले हुलाक कार्यालयले आफ्नाे सेवा समयसापेक्ष बनाउने र सरकारकाे नीति अनुसार गर्ने जानकारी दिनुभयाे । विश्व हुलाक दिवसको अवसरमा ३० वर्ष देखि सेवा गर्दै आउनुभएको ८ जना कर्मचारीहरूलाई सम्मान गरिएको छ । कार्याक्रममा सम्मानित कर्मचारीहरुको तर्फबाट मन्तव्य राख्दै राम बहादुर कार्की, जिल्ला हुलाक कार्यालय पाल्पाका कर्मचारी लगायतले शुभकामनासहित मनतव्य राख्नुभएकाे थियाे । जिल्ला हुलाक कार्यालय,पाल्पाका हुलाक अधिकृत जयदिप पन्थीको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रमको सञ्चालन लेखा अधिकृत लक्ष्मी खनालले गर्नुभएको थियो भने नायव सुब्बा टंक भण्डारीले स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update