Erani Mahal
पाल्पामा शनिबार २ जना मात्रै  कोरोना संक्रमित
Corona__
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा २ जनामा मात्रै कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ११ जनाको कोरोना परीक्षण गरिएकोमा २ जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले शनिबार ९ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १४५ पुगेको छ । सक्रिय संक्रमितमध्ये १२९ जना होम आइसोलेसनमा र १६ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update