Erani Mahal
कात्तिक दोस्रो साताबाट ‘द भ्वाइस किड्स’ प्रसारण हुने
the-voice-kids-2
विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिकको दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजे देिख हिमालय टीभीबाट ‘द भ्वाइस अफ किड्स’ प्रसारण हुने जानकारी गराइएको छ । विश्वको चर्चित रियालिटी शोको रुपमा स्थापित ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेर भित्रका बालबालिका सहभागी हुने छन् । अहिले बालबालिकाको प्रि अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । डिजिटल अडिसनमा १० हजार भन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ वर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी हुने छन् । शुक्रबार हिमालय टीभीका अध्यक्ष धर्मराज भुसालले शोका प्रायोजक कम्पनीका प्रतिनिधिसँग सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ । यो शोको टाइटल स्पोन्सर अमृत तेल रहेको छ । यस्तै, हाइजिन पार्टनरमा ‘लाइफबोय र डाबर रेड पेष्ट’, को स्पोन्सरमा लिटमस केबल्स र बत्सल्य न्याचुरल, फ्लोरिङ्ग पार्टनरमा जेन्सा कार्पेट र भोटिङ पार्टनरमा खल्ती आवद्ध छ । यस्तै, यसको मार्केटिङ पार्टनर एड प्याड मिडिया मार्केटिङ रहेको छ । ‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी रहने छन् । कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले पहिलो सिजनमै सहभागी बालबालिकाहरुको प्रतिभा ‘द भ्वाइस अफ नेपाल’मा सहभागीहरुको भन्दा विलक्षण रहेको सुनाउनुभयो । उहाँले, आफूहरुले बालबालिकाको प्रतिभा विश्वमाझ पु¥याउनका लागि यो शो तयार पारेको बताउनुभयो । शोका निर्देशक पौडेलले बालबालिकाहरुको मनोविज्ञानलाई समेत मध्यनजर राखेर आफूहरुले शो तयार पारेको बताउनुभयो । उहाँले आफूहरुको प्रतिस्पर्धा अन्य शोसँग भन्दा पनि दर्शकसँग भएको बताउनुभयो । कार्यक्रममा उपस्थित कोचहरु राजु लामा, मिलन नेवार र प्रविशा अधिकारीले यो शोसँग जोडिन पाउँदा नयाँ अनुभूति भइरहेको सुनाउनुभयो । उहाँहरुले बालबालिकालाई आफूहरुले मूल्यांकन गर्ने भन्दा पनि उनीहरुको प्रतिभा निखार्न सहयोग गर्ने जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update