Erani Mahal
तानसेनभित्र क्रियाशिल सहकारीहरूकाे भेला सम्पन्न
tansen
पाल्पा - तानसेनमा सहकारी संस्थाका प्रतिनिधिहरूकाे भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नगरपालिका भित्रका सहकारी संस्थाहरुकाबीच तानसेन नगरपालिकाको आयोजना र तानसेन भित्रका स्थानीय सहकारी संजालको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले तानसेन नगरपालिकाले सूपथ मुल्य पसल सहकारीकै माध्यमबाट संचालन गर्न ३० लाख बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । तर हाल सम्म सूपथ मूल्य पसल संचालनामा कसैले पनि चासो नदेखाएको बताउनुभयो । प्रमुख शाहीले सहकारीमा गरेको लगानी नडुब्ने गरी लगानीको सूरक्षाको जिम्मा नगरपालिकले लिने बताउनुभयो । उहाँले अचल पूँजीलाई बैकको रुपमा अगाडी बढाउने योजना रहेको र डम्पिङ्ग पुँजी चलायमान बनाउनु पर्नेमा जोड दिनुभयो । सहकारी संजालका सम्बन्धमा तानसेन नगरपालिकाका अधिकृत दुर्गा बहादुर थापाले बिषयगत प्रस्तुती राख्नुभएको थियो । अन्तरक्रियाको मूख्य उद्धेश्यका रुपमा सहकारीताका उपलब्धी,सहकारीका समस्या समाधानका लागी नगरपालिकाले खेल्नु पर्ने भूमीका, सहकारी नियमन, अनुगमन, प्रबद्र्धन लागी नगरपालिकाले गर्ने गतिबिधी, सूपथ मूल्य पसल संचालन, सहकारी तथा गरिब सूचना ब्यबस्थापन प्रणाली र युवा स्वरोजगार कार्यक्रम सहकारीकै बिधी प्रक्रिया मार्फत रहने तानसेन नगरपालिका सहकारी शाखा प्रमुख दुर्गाबहादुर थापाले जानकारी दिनुभएकाे थियाे । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्बसभापति राजेश कुमार अर्यालले नगरपालिकाले लगानीका लागि स्थानीय सहकारीहरुसंग ऋण लिएर विकास निर्माणमा लगानी गर्न आग्रह गर्नुभयो । पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगदीश भट्राई, तानसेन नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी पाठक लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्याक्रममा तानसेन नगरपालिका भित्रका ४९ वटा सहकारीहरुलाई एउटै प्रणालीमा समाबेस गरेर नियन्त्रण गर्न काेपाेमिस प्रबिधि बारेमा सू्चना प्रबिधि अधिकृत प्रकाश गैरेले जानकारी दिनुभएकाे थियाे । कार्यक्रम तानसेन नगरपालिका स्थानीय सहकारी संजालका संयोजक महेश्वर पन्तको अध्यक्षता र मीना जिसीको संचालन र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेकाे स्वागतमा सम्पन्न भएको थियाे । भेलाले ४ बुँदे सहकारी संस्थाहरुको प्रतिवद्धता र सहमति पत्र तयार गरेको छ । भेलाले नगरपालिका क्षेत्रमा सहकारी अभियान मार्फत सहकारी सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नती र जीवनस्तर अभिवृद्धिको लागि सम्पूर्ण सहकारी संस्थाहरु, सहकारी संजाल, तानसेन नगरपालिका र सम्वन्धित संघ संस्थाहरुबाट समन्वय, सहकार्य र साझेदारीता अभिबृद्धि गर्ने, तानसेन नगरपालिका क्षेत्रमा नगरपालिकासँग समन्वय गरी सुपथ मूल्य पसलको संचालन र व्यवस्थापनको कार्य अगाडी बढाउन सम्पूर्ण सहकारी संस्थाहरुको सहभागिता रहने गरी संजाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । यस्तै तानसेन नगरपालिकाबाट संचालन गरिएको युवा स्वरोजगार कार्यक्रममा सहकारी संस्थाहरुले समन्वय र सहकार्य गरी नगरक्षेत्र भित्रका प्रत्येक सहकारी संस्थाहरुबाट वार्षिक रुपमा कम्तिमा एक जना युवालाई स्वरोेजगार बनाउने गरी ऋण प्रवाह तथा दायित्व निर्वाह गर्ने, कृषक तथा सहकारी संस्थाहरुबाट उत्पादीत वस्तुहरुको बजारीकरणको लागि तानसेन नगरपालिकासँग पूर्वाधार सहयोगको व्यवस्था मिलाई संजाल मार्फत आवश्यक कार्यक्रम अगाडि बढाउन जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको तानेसेन नगरपालिकाका सहकारी शाखा प्रमुख दुर्षबहादुर थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update