Erani Mahal
कवि गणेश आत्रेयको 'छन्द लहरी' विमोचन
244637605_10223974492022881_5078647924734188644_n
पाल्पा - नेपाल सरकारका पुर्व पर्राष्ट्रमन्त्री तथा साहित्यकार प्रदीपकुमार ज्ञवालीले साहित्यकारहरुले समाजको नकारात्मक मात्र होइन सकारात्मक विषयमा पनि साहित्य श्रृजना गर्नुपर्ने बताउनुभएकाे छ । साहित्यकार गणेश आत्रेयको छन्दलहरी कृतिको विमोचनगर्दै साहित्यकार ज्ञवालीले साहित्यकार समाजको ऐना भएको उल्लेख गर्नुभयाे । साहित्यकार गणेश आत्रेयले लेख्नुभयो कविता संग्रह छन्द लहरीको आज तानसेनमा एक कार्यक्रमका विच ज्ञवालीले विमोचन गर्नुभयो । एउटै कृतिमा १ सय एक्काईस वटा फरकफरक छन्दमा लेखिएका कविताहरुको संग्रह रहेको यस पुस्तक छन्द सिकारुको लागी उपयोगी पाठ्यसामग्री भएको र एतिहासिक भएको प्रमुख अतिथि ज्ञवालीले बताउनुभयो । कार्यक्रममा बरिष्ठ साहित्यकार चोलेश्वर शर्माले लेखकको अद्भुत क्षमता रहेकाले मात्र यस्तो श्रृजना आउन सफल भएको बताउदै निरन्तरताको कामना गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा युवा नेता ठाकुर गैरेले साहित्यकारहरुलाई साहित्यमार्फत खबरदारी गर्न आग्रह गर्नुभयो । कृतिमाथि समीक्षा गर्नुहुँदै डा. शंकर गैरेले देशको साहित्यमा पाल्पाली स्रष्ठा आत्रेयले ठूलो योगदान स्वरुप यो कृति पस्किएको बताउनुभयो । कार्यक्रममा साहित्यकार राम प्रसाद अर्यालले कवि आत्रेयको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा साहित्यकार टंक पन्थ, तुल्सी पोखरेल, भावना खनाल र सुमन पन्थीले छन्द लहरी भित्रका कविता बाचन गर्नुभएको थियो । धवल पुस्तकालयको आयोजनामा भएको विमोचन कार्यक्रम पुस्तकालयका अध्यक्ष युवराज पौड्यालको अध्यक्षता महासचिव राजेशकुमार अर्यालको संञ्चालन र कोषाध्यक्ष सन्तोष खनालको स्वागत मन्तव्य सहित चलेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update