Erani Mahal
‘तानसेन बजार’ बोलको गीत सार्वजनिक, निशान भट्टराई र अस्मिता अधिकारीको स्वर (भिडियाे सहित)
244507231_889743295012214_6145972138963689052_n
पाल्पा - पाल्पा जिल्लासँग अनेक विशेषता छन् । पाल्पाली ढाका र करुवा निकै प्रसिद्ध छ । पाल्पामा अवस्थित रानीमहलले कसलाई पो नलोभ्याएको होला र ? भैरवस्थान, सिद्धबाबा, रम्भादेवी, पाल्पा दरबार जस्ता थुपै्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरु पाल्पामा छन् । पाल्पाको हाँसको छोइला, चुकाउनीका पारखीहरु उत्तिकै छन् । यस्ता अनेक-अनेक विशेषता बोकेको छ पाल्पाले । यस्तै विशेषतालाई जोडेर नयाँ गीत सार्वजनिक भएको छ । गीतको बोल छ, - तानसेन बजार । नेपाली सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका निशान भट्टराई र अस्मिता अधिकारीले गीतमा स्वर भरेका छन् । यो गीतको भिडियो बिहीबारमात्रै युट्युबमा सार्वजनिक गरिएको हो । गीतको शब्द रबिन्द्र केसी (कार्की)ले कोरेका हुन् भने गीतमा विशाल ढकालको संगीत छ । गीतमा परिकल्पनाकार रमेश पाल्पाली (अबिरल) हुन् । सुमन थापा मगरको निर्देशनमा बनेको भिडियोमा सुमन र बबिता धितालको अभिनय छ । सन्तोष बस्यालको छायाँकन रहेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका हुन् । गीतको माध्यमबाट पाल्पाको पर्यटन प्रबद्र्धनमा योगदान गर्न खोजिएको निर्माण पक्षले बताएको छ । ‘डोलराज बाह्रघरे’ युट्युबमा गीतको भिडियो हेर्न सकिन्छ । https://www.youtube.com/watch?v=ZOzBaSy5Kzs
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update