Erani Mahal
पाल्पाको तिनाउँमा आँखा उपचार केन्द्र संचालनमा
d
पाल्पा- पाल्पाको तिनाउँमा आँखा उपचार केन्द्र संचालनमा ल्याइएको छ । प्रत्येक पालिकामा आँखा उपचार सेवा पुर्याउने लक्ष्य सहित नेपाल नेत्र ज्योति संघ, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, सेवा फाउन्डेशको प्राविधिक र आथिक सहयोगका साथै तिनाऊ गाऊँपालीकाको आथिक सहयोगमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । तिनाऊगाऊपालीका दोभानमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । नेपालको अन्धोपन निवारण र आँखा उपचार सेवामा यस उपचार केन्द ले महत्वपूणर् भूमिका निर्वाह गर्ने कार्यक्रममा सहभागीहरुले बताउनुभएको छ । कार्यक्रममा आँखा अस्पतालका कोषाध्यक्ष भीमसेन कार्की, अस्पतालका डाक्टर, गाउँपालिकाका अध्यक्ष ओम घर्ती, उपाध्यक्ष दमयन्ती थापा, प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । नेत्र चिकित्सक रुसेन केसी, वडाध्यक्षहरु रोमबहादुर लम्तरी, राजेश श्रेष्ठ, प्रेम पाण्डे, दलबहादुर दर्लामी, तिनाउ नर्सिङ ईन्चार्ज रिता थापा लगाएतले शुभकामना मन्तव्य राखेका थिए । भिमसेन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य पाल्पा लायन्स लाकौल आँखा अस्पतालका व्यवस्थापक जीवनाथ गैरेको रहेको थियो भने कार्यक्रमको सञ्चालनको समितिका सदस्य प्रफुल्ल शर्माले गर्नुभएकाे थियाे । उक्त क्लिनीकमा सहायक नेत्र चिकित्सक र एक जना सहयोगीबाट दैनिक सेवा प्रदान गरिने साथै अप्रेशन गर्नुपर्ने विरामीलाई पाल्पा वा रुपन्देही रिफर गरिने जनाईएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update