Erani Mahal
पाल्पा कोरोना अपडेटः२३ जनामा कोरोना संक्रमण पुष्टि
corona Negative
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका २ जना,रैनादेवी छहरा गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १५८ जनाको कोरोना परीक्षण गरिएकोमा २३ जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले बिहीबार १४ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १४१पुगेको छ । सक्रिय संक्रमितमध्ये १२३ जना होम आइसोलेसनमा र १८ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update