Erani Mahal
लुम्बिनीमा नयाँ बजेटःचालु खर्च घट्यो, पूँजीगत खर्च बढ्यो
uasdfa f1633516789
बुटवल–लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उपस्थिती बिनै बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले नयाँ बजेट प्रस्तुत गर्नु भएको हो । आर्थिक मामिला मन्त्री खड्काले चालू आर्थिक वर्ष २०७८÷७९ को लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट सार्वजनिक गर्नु भएको हो । यो पूर्ववर्ती सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रस्तुत गरेको जत्तिकै बजेट हो । नयाँ बजेटमा चालूतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पूँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रतिशतका आधारमा कूल बजेटको चालुतर्फ ३३.३१ प्रतिशत र पूजीगततर्फ ५४.८७ प्रतिशत हुन आउँछ । त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ। सरकारले नयाँ बजेटमा चालु खर्चतर्फ १ अर्ब २९ करोड १६ लाख रुपैयाँ कटौती गरेको छ भने पूँजीगत तर्फ १ अर्ब २९ करोड १६ लाख बढाएर नयाँ बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री खड्काले प्रस्तुत गरेको बजेट आजै पारित गर्ने सरकारको तयारी छ । त्यसका लागि सभामूख पूर्णबहादुर घर्तीले पाँच बजे प्रदेश सभा बैठक बोलाउनु भएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update