Erani Mahal
बाँदर नियन्त्रण गर्न भन्दै पाल्पाका किसानको प्रधानमन्त्रीलाई चिठी !
kisan
पाल्पा- पाल्पाका किसानले बाँदर लगायत जंगली जनावरले किसानलाई आजित बनाएको भन्दै नियन्त्रणको लागि प्रधानमन्त्रीलाई चिठी पठाएका छन् । पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेय मार्फत कुसुमखोलाका अगुवा कृषक कमलराज खनालले जिल्लाका किसानहरुको प्रतिनिधित्व गर्दै ज्ञापन पत्र बझाउनुभएको हो । ज्ञापन पत्रमा बाँदर नियन्त्रण गर्नुपर्ने, कृषक बिमाको ब्यबस्था गर्नुपर्ने, उचित सिचाइको ब्यबस्थापन गरिनुपर्ने,कृषि ज्याला निर्धारण हुनुपर्ने,प्राङ्गारिक मलको कारखाना स्थापन गर्नुपर्ने,प्रत्येक स्थानीय तहमा खाद्यान्न गोदाम स्थापना गर्नुपर्ने माग गरिएको छ । यस्तै भूमि बैंकको स्थापना गर्नुपर्ने, मुक्तकमैया, भुमीहिन,बाढी पीडित, भुकम्प पीडित कृषकलाई खेतीयोग्य जग्गा उपलब्ध गराउनुपर्ने, खेतीको बिबिधकरण गरी जहाँ जे उत्पादन हुन्छ त्यही खेतीलाई सरकारले प्राथमिक दिनुपर्ने लगायत माग रहेका छन । प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्रालय मार्फत प्रधानमन्त्री कार्यालयमा पत्र पठाउने जानकारी दिनुभयो । अगुवा कृषक खनालले आफुले बाँदरको समस्याले गर्दा मकै खेती गर्न छोडेर बेसार खेती गरेको बताउनुभयो । उहाँले सरकारी संयन्त्र प्रभावकारी नहुदा नेपालमा धेरै संभावना हुदा हुदै पनी कृषकहरुले उचित फाइदा लिन नसकेको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update