Erani Mahal
पाल्पामा ६६ औं प्रहरी दिवसको अवसरमा सम्मान तथा पुर्नमिलन !
s
पाल्पा- जिल्लामा ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा जेष्ठ नागरिकलाई सम्मान तथा पुर्नमिलन कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा ८५ बर्ष माथिका पूर्व प्रहरी कर्मचारी, समुदाय प्रहरी साझेदारी कार्यक्रममा सहयोग गर्ने, प्रहरीको भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने जग्गा दाताहरुलाई प्रशंसा-पत्रद्वारा सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जनताको सेवकको रुपमा प्रहरीले दिनरात काम गरेको भन्दै अझै प्रगतिको शुभकामना दिनुभयो । उहाँले समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न प्रहरी र जनताको सहयोगमा मात्रै सकिने भएकोले त्यसतर्फ सबैले ध्यानदिनुपर्ने बताउनुभयो । जिल्लाको शान्ति सुरक्षालाई अझै मजबुत बनाई राख्न प्रहरीको भुमिका महत्वपुणर् रहेको बताउनुभयो । कार्यक्रममा अमर प्रहरीहरुमा शोक सलामी, स्मारिकामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण समेत गरिएको थियो । प्रहरी दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा प्रथम तथा द्वितिय हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसा-पत्र बितरण गरिएको थियो । स्वागत मन्तव्य दिदै प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापाले ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश वाचन गर्नु भएको थियो । प्रमुख प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईज्यूले धन्यवाद व्यक्त गर्दै प्रहरीको सेवामा सबैको सहयोग भएमा समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गर्न सकिने बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update