Erani Mahal
रामपुरकाे शहीद बहुमुखी क्याम्पस प्रमुखकाे कार्यकक्षमा तालाबन्दी
talabandii
पाल्पा - नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पाल्पाकाे रामपुरस्थित शहीद बहुमुखी क्याम्पसका प्रमुखकाे कार्य कक्षमा तालावन्दी गरेको छ । नव आगन्तुक विद्यार्थीहरुलाइ दशै तिहारको शुभकामना आदानप्रदान कार्यक्रम बिथोल्न खोजेको आरोपमा संगठनले बुधबार क्याम्पस प्रमुखककाे कार्यकक्षमा ताला लगाएको हो । साे संगठनले क्याम्पस प्रशासनसंग अनुमति लिएर गरिएको कार्यक्रममा नगर प्रमुख नै उपस्थिति रहेर कार्यक्रम बिथोलेको आरोप लगाएकाे छ । अनेरास्ववियु क्याम्पस कमिटी संयोजक मधुसूदन आचार्यले नेपाली कांग्रेसका नेताहरु नै उपस्थित भएर विद्यार्थीमाथि हात पात गरेको आरोप लगाउनुभयाे । अनेरास्ववियु र नेवि संघ बीच कार्यक्रम गर्ने विषयमा बिवाद भएकाे क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले बताउनुभयाे । यसैबीच अनेरास्वियुले क्याम्पसमा केही संगठनले अराजक गतिबिधि गरेकाेमा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेकाे छ । बिज्ञप्तिको हेर्नुहाेस् :
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update