Erani Mahal
रामतुलसी माविमा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम
243697122_419686726186552_4226506938159544399_n
पाल्पा - नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा बिजयादशमी दिपावली पर्वको अबसरमा शुभकामना आदान- प्रदान कार्यक्रम रामतुलसी माबी कक्षा १२ का विद्यार्थीले गरेका छन् । जिल्लाको नमुना विद्यालय रामतुलसी माबिका कक्षा १२ ले विद्यालयमा भर्ना हुन आएका नयाँ विद्यार्थीलाई स्वागत र विद्यार्थी, शिक्षक तथा विद्यालय संचालन समिति र सरोकारवाला बिच नजिकिदै गरेका चाडपर्वको अबसरमा शुभकामना आदानप्रदान गरेको हो । कक्षा १२ का विद्यार्थी दिपेन्द्र रजालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद पौडेलले विद्यार्थी लगनशील भएर प्रबिधिक शिक्षामा फड्को मार्ने गरि पढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले रामतुलसी माबिमा शिक्षाको गुणस्तर बढाउन हर प्रयास गरिएको बताउदै सिकाईमा यसले राम्रो प्रभाव र सन्देश दिएको बताउनुभयो । विद्यालयका प्रधानध्यापक बालकृष्ण लम्सालले विद्यार्थीको काम पढ्ने भएको हुँदा जिज्ञासु भएर पढ्न र सिक्न हरपल अग्रसर हुनुपर्ने बताउनुभयो । कक्षा ११ का विद्यार्थी रक्षा पङ्गेनीले कक्षा १२ ले स्वागत गरेर दिएको हौसलाले सबै साथीहरुमा थप उत्साह बढेको बताउदै कक्षा १२ लाई धन्यवाद दिनुभयो । रामतुलसी माबिको माया र शैक्षिक वातावरणप्रति गौरब लागेको उहाँको भनाई थियो । कक्षा १२ का विद्यार्थी दिपेन्द्र रजालीको अध्यक्षतामा भएको स्वागत तथा शुभकामना आदानप्रदान कार्यकममा उर्मिला पुलामीले शब्दबाट स्वागत गर्नुभएको हो । विद्यार्थीले दर्जन बढी नाच प्रस्तुत गरेका थिए भने गित, कबिता लगायतका सिर्जना बाचन गरेका थिए । रामतुलसी माबिमा बिज्ञान, व्यबस्थापन र शिक्षा संकाय तर्फ कक्षा ११/१२ मा पढाइ हुँदै आएको छ । यी संकाय अन्तर्गतका यसबर्ष विद्यालयमा भर्ना भएका २ सय ४४ विद्यार्थीलाई स्वागत गरिएको हो । यसैबिच कार्यक्रममा सहभागी सबैले नजिकिदो दशै पर्व, तिहार, छठपर्व तथा नेपाल सम्वतको अबसरमा शुभकामना सन्देश व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सन्दिप बयम्बुले गरेका हुन् । कार्यक्रम होटल न्यु श्रीनगरको सभाहलमा चलेको हो ।
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update