Erani Mahal
पाल्पामा बुधबार ६ जना मात्रै काेराेना संक्रमित
Corona__
पाल्पा – पाल्पामा बुधबार ६ जना मात्रै कोरोना संक्रमित थप भएका छन् । पीसीआर र एनटिजिन माध्यम्बाट गरी ३८ जनाको कोरोना परीक्षण गरिएकोमा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमित हुनेमा २/२ जना तानसेन र रिब्दीकोटका र १/१ जना तिनाउ र बगनासकाली गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । पाल्पामा बुधबारसम्ममा १३२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै हालसम्म २४८ जना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा सबैभन्दा धेरै तानसेनका ८६ जना रहेका छन् । यस्तै बगनासकालीका ३९ जना, माथागढीका २४ जना, रामपुरका २१, रम्भाका २०, रैनादेवी छहराका १९, पूर्वखोलाका १२, रिब्दीकोटका १२, निस्दीका १०, तिनाउका ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यसबाहेक थप संक्रमितको समेत मृत्यु भएपनि स्थानीय तहका स्वास्थ्य शाखाबाट तथ्यांक अपडेट नियमित नहुँदा मृतकको संख्या छुटेका छन् । यसबाट लुम्विनी प्रदेश सरकारबाट संक्रमितका परिवारले पाउने राहत कार्यक्रमका लागि समेत रिफारिस गर्न छुटेको कतिपयको भनाई छ ।
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update