Erani Mahal
पाल्पाकाे तानसेन र नुवाकाेटमा 'सांस्कृतिक डबली' निर्माण अन्तिम चरणमा
dabalii
पाल्पा – पाल्पाको तानसेन नगरपालिका–५, कैलाशनगर र तिनाउ गाउँपालिका –२ नुवाकोटमा खुला सांस्कृतिक डवली निर्माण भइरहेको छ । लुम्विनी प्रदेश सरकार उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले पाल्पामा पर्यटकीय गन्तव्यहरूको विकास गर्ने क्रममा जिल्लाका दुई स्थानमा सांस्कृतिक डबली निर्माण गरेको हो । डिभिजन वन कार्यालय पाल्पा मार्फत तानसेनको कैलाशनगरमा श्रीनगर सांस्कृतिक डवली ६ करोड ८० लाखमा प्रतिष्ठा कन्ट्रक्सन प्रा.लि. काठमाण्डौले निर्माण गरेको छ । यस्तै तिनाउ गाउँपालिकाको नुवाकोटमा निर्माण भईरहेको सांस्कृतिक डवली तीन करोड ८४ लाखमा धुलिखेल निर्माण सेवाले काम गर्दै आएको छ । सांस्कृती डवली निर्माणले स्थानीय कला संस्कृतिको संरक्षण, पाल्पामा पर्यटकहरुको बसाई लम्बिने र जिल्लाको समग्र पर्यटन विकासमा टेवा पुग्ने विस्वास गरिएको छ । तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले सांस्कृतिक डबली निर्माणले जिल्लाको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । हाल यी दुबै स्थानमा निर्माण भईरहेको खुला सांस्कृतिक डवली निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । हालसम्म निर्माणको ९० प्रतिशत काम सकिएको अन्तिम फिनिसिङ्गको कामहरु भईरहेको छ । खुल्ला सांस्कृतिक डवलीमा स्टेज, स्टेज अगाडि हरियो दुवो सहितको दर्शक कक्ष, कलाकारहरुको चेन्जिङ्ग रुम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङ सहितको सुविधा रहेको छ । तानसेन नगरपालिकाको कैलाशनगरमा रहेको डवलीमा पाँच सय जना र तिनाउ गाउँपालिकाको नुवाकोट डवलीमा २ सय ५० जना अट्ने क्षमता रहेको छ । पाल्पामा निर्माण भईरहेको खुला सांस्कृतिक डवली नेपालमै नमुना सांस्कृतिक डवलीका रुपमा निर्माण गरिएको हो ।
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update