Erani Mahal
६ घण्टा फेसबुक बन्द हुनुको कारण के हो?
Facebook logo icon
काठमाडौं–विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका पुनः सञ्चालनमा आएको फेसबुकले जनाएको छ । यी तीन वटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन ।फेसबुकले त्यसलाई नेटवर्किङ सम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ ।उसले ती समस्या सुल्झाउन र आफ्ना डिजिटल मञ्चहरूलाई सामान्य अवस्थामा फर्काउन आफ्ना टोलीहरूले सक्दो छिटो काम गरेको जनाएको छ ।साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठाने पनि त्यो त्यहीँ भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्थालाई सैद्धान्तिक रूपमा सम्भव ठान्छन् ।बाह्य ह्याकिङ भएको सम्भावना चाहिँ कम ठानिएको छ । [caption id="attachment_20823" align="alignnone" width="768"] VORONEZH, RUSSIA - JANUARY 31, 2020: Facebook logo blue square icon with reflection and shadow[/caption] फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्ना सेवाले ’१०० प्रतिशत’ काम गर्न भने केही समय लाग्ने बताउनु भएको छ ।केही मानिसहरूले फेसबुकको भर्चुअल रियालिटी हेडसेट प्लेटफर्म अक्युलुस र फेसबुक लगइन चाहिने पोकेमोन गो सहितका एपहरूमा समेत सेवा प्रभावित भएको भनेर उजुरी गरेका थिए । यस्ता अवरोधको विवरण राख्ने डाउनडिटेक्टरका अनुसार यो त्यसले देखेको अहिलेसम्मकै ठूलो अवरोध हो । जसबारे विश्वभरिबाट १ करोड ६ लाख मानिसले उजुरी दिएका थिए । यो तहको अवरोध फेसबुकले यसअघि सन् २०१९ मा झेलेको थियो जतिखेर १४ घण्टाभन्दा लामो समय अवरोध देखा परेको थियो । फेसबुकबारेका दस्तावेजहरू चुहाएकी उक्त कम्पनीकी एक पूर्वकर्मचारीको एक अन्तर्वार्ता आएको एकदिनपछि यस्तो अवरोध देखिएको हो । फ्रान्सिस हाउगनले आइतवार सीबीएस न्यूजसँग उक्त कम्पनीले ’सुरक्षाभन्दा उन्नतिलाई’ महत्त्व दिएको बताउनुभयो । पछिल्लो अवरोधसँगै न्यूयोर्कमा सेअरको मूल्य झण्डै पाँच प्रतिशतले खस्किएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update