Erani Mahal
रामपुर छतिवन डाँडामा ट्याक्टर दुर्घटना : चालक सहित ४ जना घाईते !
tractor-accident
पाल्पा- पाल्पाको रामपुर नगरपालिका वडा नं ४ छतिवन डाँडामा ट्याक्टर दुर्घटना हुँदा चालक सहित ४ जना घाईते भएका छन् । निस्दी गाउँपालिका वडा नं ४ मित्याल देखि रामपुर तर्फ आउँदै गरेको वन टेष्ट खाली ट्याक्टर सोमबार साँझपख दुर्घटना भएको थियो । दुर्घटनामा रामपुर वडा नं ६ तिलकपुर बस्ने ३६ वर्षिय चालक जित बहादुर सारु, निस्दी गाउँपालिका वडा नं ५ गल्धाका ५० वर्षिय लक्ष्मी अर्याल, सोही स्थानका ३९ वर्षिय विष्णु देवी अर्याल र रुपन्देहीका ३५ वर्षिय मिनक मुसलवान घाईते भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले जानकारी दिनुभयो । घाईते सबैलाई रामपुर अस्पताल लगिएको थियो । जस मध्ये लक्ष्मी अर्याल बाहेक अन्य तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन् । लक्ष्मी अर्याललाई थप उपचारकाे लागि युनाईटेड मिसन अस्पताल तानसेन रिफर गरिएकाे छ । ट्याक्टर सडक बाट ४१ मिटर तल खसेको प्रहरी जनाएको छ ।घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update