Erani Mahal
अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको सामान बरामद
baramada
नवलपरासी -अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब ६ लाख ७७ हजार रुपैयाँ मूल्य बराबरका तामाका भाडा र कुखुराका औषधीहरू बर्दघाट नगरपालिका-४ टिसिएन चोकस्थित सडकबाट आइतबार बिहान प्रहरीले बरामद गरेको छ । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ९२७७ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा अवैध रुपमा लुकाई लैजान लागेको उक्त सामानहरू प्रहरीले बरामद गरेको हो । बरामद गरीएका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाईएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update