Erani Mahal
पाल्पा कोरोना अपडेट:१५ जनामा कोरोना संक्रमण पुष्टि
coronavirus_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो | स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका १ जना,रैनादेवी छहरा गाउँपालिकाका ३ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ९ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १४९ जनाको कोरोना परीक्षण गरिएकोमा १५ जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले सोमबार ७ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १३७ पुगेको छ । सक्रिय संक्रमितमध्ये १२२ जना होम आइसोलेसनमा र १५ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update