Erani Mahal
पाल्पा कोरोना अपडेट:२० जनामा कोरोना संक्रमण पुष्टि
Corona_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपूर नगरपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ५ जना,तिनाउ गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका १ जना, निस्दी गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका ९ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १०० जनाको कोरोना परीक्षण गरिएकोमा २० जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले आइतर २१ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १३१ पुगेको छ । सक्रिय संक्रमितमध्ये ११६ जना होम आइसोलेसनमा र १५ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update