Erani Mahal
एमालेमा व्यक्तिवाद हावी भएर नै नयाँ पार्टी बन्यो : नेता पाण्डे
ff
पाल्पा- एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेयले एमालेमा केपी ओलीको व्यक्तिवादी र स्वच्छाचारिताको विरुद्धमा आफूहरुले विद्रोह गरेको बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) पाल्पाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यो पार्टी विभाजन नभई पार्टीको विकृति र विसंगती विरुद्धको विद्रोह र विचारको लडाई भएको बताउनुभयो । उहाँले भएको दुई तिहाईको सरकार ढाल्ने, पार्टी विभाजन गर्ने व्यक्तिवादी सोंच भएका कारण केपी ओलीसँग आफूहरु रहन नसकेको बताउनुभयो । आफ्नो पार्टीमा देशभर सच्चा, क्रान्तिकारी इमान्दार युवाहरुको आर्कषण रहेकोले त्यसमा गोलबन्द हुन सबैमा आग्रह गर्नुभयो । कम्यूनिष्ट पार्टीको अध्यक्षको नाममा केपी ओलीले अहंकार, दम्भ, घमण्ड, व्यक्तिवाद र गुटवन्दी चलाउँदै संविधान र पार्टीको विधान विपरित काम गरेका कारण आफूहरु बाध्य भएर बाहीर निस्केको पाण्डेयको भनाई छ । कार्यक्रममा पाल्पाका सांसद तथा पूर्व केन्द्रीय सदस्य सोम प्रसाद पाण्डेयले माधव नेपाल, झलनाथ, बामदेव विनाको पार्टीको कल्पना केपीले गरेका कारण पार्टी विभाजन भएको बताउनुभयो । उहाँले अब सबै एमालेका असन्तुष्ट र त्यहाँ शोषित पीडित भएर बसेकाहरु एकीकृत समाजवादीमा लाग्ने बताउनुभयो । राष्ट्र र राष्ट्रियताको रक्षा, संघीयताको रक्षाको लागि आफूहरुले नयाँ दल दर्ता गरेर जनताको माझमा आएको बताउनुभयो । जिल्ला भेलामा जिल्लाका विभिन्न स्थानबाट ३ सय बढी नेता कार्यकर्ताहरु सहभागि भएको जिल्ला अध्यक्ष खिमानन्द पाण्डेले बताउनुभयो । यसैवीच नेता पाण्डेयले पार्टीको जिल्ला कार्यालयको समेत उद्दघाटन गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update