Erani Mahal
पाल्पाकाे रामपुरमा जाेगीकाे भेषमा घरमा आएर सुनकाे सिक्री चाेरी गर्ने पक्राउ !
pakrau
पाल्पा – सुनको सिक्री चारेर भाग्ने दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रामपुर नगरपालिका वडा नं. ४, देवीस्थान भन्ने स्थानका स्थानीय ५० वर्षीया पुर्ना फालमगरको घरमा जोगीको भेषमा घुम्दै आएर सुनको सिक्री चोरी गरेर फरार रहेका दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश श्रावस्ती पोष्ट बस्ने वर्ष ३६ का रामनरेश हरिजन र सोही स्थानका ४३ वर्षका लड्डन हरिजन रहेका छन् । उनीहरु बुधबार दिउँशो १२ बजेतिर फालको घरमा जोगीको भेषमा आएका थिए । जोगीको भेषमा आएका उनीहरुबाट फालले नुहाउने क्रममा घरको च्यानल गेटमा राखेको सुनको सिक्री चोरी भएको थियो । सुनको सिक्री चोरी भएको थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय रामपुरको टोलीले उनीहरुलाई खोजी गर्दा रामपुर ४, कै देवीस्थान भन्ने स्थानमा बेलुकी ४ बजेतिर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान कार्य भईरहेको प्रनाउ त्वातीले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update