Erani Mahal
सिद्धबाबा सुरुङमार्ग बनाउन चालु आर्थिक वर्ष भित्रै काम थाल्ने तयारी
1574252293Siddha_baba_road
बुटवल– विगत ८ वर्षदेखि चर्चामै सीमित रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको निर्माणको कामले गति लिने संकेत गरेको छ ।सिद्धबाबा सुरुङ मार्ग निर्माणको लागि काम चालु आर्थिक वर्षभित्रै सुरु गर्ने गरी तयारी भइरहेको आयोजनाले जनाएको छ ।जसका लागि आह्वान गरिएको ग्लोबल टेण्डरमा ९ कम्पनीले आवेदन दिएका छन् ।आवदेन दिएका कम्पनीहरुसँग छलफल भइरहेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा. विजय जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन दिनेमा अधिकांश चिनियाँ कम्पनी रहेका छन् । उहाँले अबको तीन महिनामा कम्पनी छनोट हुने बताउनुभयो । कम्पनी छनोट भएपछि ९ महिना भित्र डिजाइन बनाएर काम सुरु गर्नुपर्ने सर्त राखिएको छ । सरकारले सुरुङमार्गका लागि चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ छुट्टाएको छ ।तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ५० करोड रुपैयाँ छुट्टाएको भए पनि प्रतिस्थापन विधेयक मार्फत २० करोड रुपैयाँ अर्थमन्त्री जनार्दन शर्माले घटाउनु भएको हो । कसले दिए सुरुङ बनाउन आवेदन सुरुङ मार्ग बनाउनका लागि आवेदन दिने अधिकांश चीनका कम्पनीहरु हुन् । जसअनुसार चाइना स्ट्रेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (बेइजिङ), चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (वुहान सिटी), चाइना फष्ट हाइवे इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (बेइजिङ) ले संयुक्त उपक्रम (जेभी) रहेका छन् । चिनियाँ कम्पनी जेडआईसीजीले नेपाली शर्मा एण्ड कम्पनीसँग जेभी बनाएर आवेदन दिएको छ। एसीसीई चिनियाँ कम्पनीले नेपाली कम्पनी अनक कन्स्ट्रक्सनसंग जेभी बनाएर आवेदन दिएको छ। जसमा अनक कन्स्ट्रक्सन लिड कम्पनी रहेको छ । सिनो हाइड्रो कर्पोरेशन लिमिटेड ÷ पावर चाइना नर्थ वेष्ट इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र पावर चाइना रोड ब्रिज ग्रुप कर्पोरेशन लिमिटेड (बेइजिङ)ले आवेदन दिएको छ । चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेशन÷ चाइना रेलवे १४औँ ब्युरो ग्रुप कम्पनी लिमिटेड र चाइना रेलवे सियुआन सर्भे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड (बेइजिङ)ले पनि तीनवटा चिनियाँ कम्पनी मिलेर आवेदन दिएका छन् । चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड÷ चाइना रेलवे २ नम्बर इन्जिनियरिङ ग्रुप कर्पोरेशन लिमिटेड (बेइजिङ) दुई चिनियाँ कम्पनीको जेभी बनाएर आवेदन दिएका छन् । केएमसी÷भीसीएपीएल जेभीले पनि आवेदन दिएको छ। केएमसी भारतीय कम्पनी हो भने भीसीपीएल ( भ्याली कन्स्ट्रक्सन प्राइभेट लिमिटेड) नेपाली कम्पनी हो । कसरी बन्नेछ सुरुङमार्ग चिडियाखोला आयोजना क्षेत्र रहेपनि सुरुङमार्ग भने माथिल्लो सिद्धबाबाबाट सुरु हुनेछ । चिडिया खोलादेखि माथिल्लो सिद्धबाबासम्म ९०० मिटर सडकलाई दुई लेनमा स्तरोन्नति गरिनेछ भने सुरुङमार्गको अर्को भागको ५०० मिटरलाई पनि दुई लेनमा स्तरोन्नति गरिने जैसीले बताउनुभयो । सुरुङमार्गको दूरी भने १ हजार १ सय २६ मिटर लामो हुनेछ। यसैगरी आयोजनामा सुरुङमार्ग नपुग्ने स्थान अर्थात् ढुंगा झर्न नदिन रक फल प्रविधिको प्रयोग गरिनेछ । ५ वर्षभित्र निर्माण गर्ने लक्ष्यअनुसार काम अगाडि बढेको जैसी बताउनुभयो । अर्थ मन्त्रालयले १० अर्ब १५ करोडको सीमा दिएकाले त्यहीभित्र रहेर ठेक्का दिने समेत जैसीले बताउनुभयो । सरकारले स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडीसी) को आर्थिक र प्राविधिक सहयोगमा एक वर्ष लगाएर सुरुङमार्गको वेसलाइन सर्भे गराएको हो । सुरुङमार्ग बनाउने योजना आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा घोषणा गरिएको थियो। त्यति बेला सुरुङमार्ग सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँचवर्षे रणनीतिसमेत बनाएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update