Erani Mahal
पाल्पा कोरोना अपडेट:१३ जनामा कोरोना संक्रमण पुष्टि
corona_palpa
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पूर्वखोला गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १२७ जनाको कोरोना परीक्षण गरिएकोमा १३ जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले बिहीबार १० जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १४१ पुगेको छ । सक्रिय संक्रमितमध्ये १२६ जना होम आइसोलेसनमा र १५ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update