Erani Mahal
कोरोनाको डेल्टा भेरियन्ट के हो ? बालबालिकालाई यो भेरियन्टको संक्रमण हुने सम्भावना कति ?
children1616936444
कोभिड–१९ को डेल्टा भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भिरियन्ट अफ कन्सर्न भनेको छ । किनकि डेल्टा भेरियन्ट पहिचान गरिएका ठाउँहरुमा सो भेरियन्ट मानिसहरुबीच द्रुत गतिमा फैलिएको छ । के डेल्टा भेरियन्ट बढी संक्रामक छ ? डेल्टा भेरियन्ट अघिल्लो भेरियन्टको तुलनामा दुई गुणा बढी संक्रामक रहेको पाइएको छ । अधिक संक्रामक भए पनि भिडभाड नगर्ने, अरुबाट भौतिक दूरी राख्ने, मास्क लगाउने अनि कुनै पनि सतह छोएपछि साबुन पानीले हात धुने गर्नाले डेल्टा भेरियन्टबाट बच्न सकिन्छ । के कोभिड १९ विरुद्धका खोपहरु डेल्टा भेरियन्ट विरुद्ध प्रभावकारी छ ? विश्व स्वास्थ्य संगठनबाट अनुमति प्राप्त कोभिड १९का खोपहरु डेल्टा भेरियन्ट सहित अन्य कोभिड १९का भेरियन्ट विरुद्ध प्रभावकारी छन् । यी खोपहरुले गम्भीर बिरामी हुने जोखिम न्यूनिकरण गर्न मद्दत गर्दछ । त्यसैले आ–आफ्नो पालो अनुसार खोपको पूर्ण मात्रा लगाउनु जरुरी छ । के बालबालिकाहरुलाई डेल्टा भेरियन्ट संक्रमण हुने अधिक सम्भावना छ ? डेल्टा भेरियन्टले विशेष गरी बालबालिकाहरुलाई संक्रमित गर्छ भन्ने कुरा साँचो होइन । सबै उमेर समूहहरुमा सो भेरियन्टको संक्रमणको दर बढेको पाइएको छ । डेल्टा भेरियन्ट अन्य भेरियन्टहरु भन्दा धेरै संक्रामक छ । भिडभाडमा जाने र खोप नलगाएका मानिसहरुलाई डेल्टा भेरियन्ट संक्रमण हुने बढी सम्भावना हुन्छ । डेल्टा प्लस भेरियन्ट के हो? मानव कोशिकाहरुमा प्रवेश गर्नका लागि भाइरसले प्रयोग गर्ने स्पाइक प्रोटिनमा नयाँ उत्परिवर्तन आएपछि यसलाई डेल्टा प्लस भेरियन्ट नामाकरण गरिएको हो । यो भाइरस डेल्टा भेरियन्टसँग निकै नजिकको भएकोले यसलाई ग्रीक वर्णमालाको अर्को अक्षरको साटो डेल्टा प्लस भनिएको हो।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update