Erani Mahal
गुल्मीमा चितुवाको छाला सहित २ जना पक्राउ
Pakrau
गुल्मी–गुल्मीमा चितुवाको छाला सहित २ जनालाई पक्राउ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका ३ मा रहेको घिमिरे होटल एण्ड लजबाट २ जनालाई चितुवाको छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । चितुवाको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा होटलको कोठाबाट छत्रकोट गापालिका २ भेडुवाका २७ वर्षीय सुमन खनाल र सोही ठाउँका ३१ वर्षीय हरि बहादुर सार्कीलाई चितुवाको छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । पक्राउ परेका २ जनालाई थप अनुसन्धान पछि आवश्यक कार्बाहीको लागी सब–डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update