Erani Mahal
पाल्पा कोरोना अपडेट:१४ जनामा कोरोना संक्रमण पुष्टि
Corona_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका ४ जना, बगनासकाली गाउँपालिकाका २ जना, तिनाउ गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ७ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ५३ जनाको कोरोना परीक्षण गरिएकोमा ७ जना महिला र ७ जना पूरुष संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले बुधबार १६ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १२९ पुगेको छ । सक्रिय संक्रमितमध्ये १२१ जना होम आइसोलेसनमा र १८ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update