Erani Mahal
पाल्पामा कांग्रेसको १० वटै पालिकामा नेतृत्व चयन
243048512_599711024377173_2802857797127441412_n
पाल्पा – नेपाली काङ्ग्रेसको तानसेन नगर सभापतिमा सुवर्णमुनी शाक्य निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार भएको चुनावी प्रक्रियामा शाक्यको मात्र उम्मेदवार परेपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिकृत कुस्माखर पोखरेलले जानकारी दिनुभयो । योसँगै पाल्पाको सबै नगर तथा पालिकामा काङ्ग्रेसको अधिवेशन सम्पन्न भएको छ । रामपुर नगरपालिका नेपाली कांग्रेस सभापतिमा नेत्र प्रसाद भट्टराई विजयी हुनुभएको छ । प्रतिस्पर्धी अर्जुन रेग्मीलाई पछि पार्दै भट्टराई निर्वाचित हुनुभएको हो । काङ्ग्रेस रिब्दीकोटमा रामचन्द्र पाण्डे निर्वाचित हुनुभएको छ । पाल्पाको रामपुर, रिब्दीकोटमा निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिएको नेपाली काङ्ग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले जानकारी दिनुभयो । काङ्ग्रेसको पूर्वखोला गाउँ अधिवेशनबाट महिला नेतृ विष्णुकुमारी आचार्य निर्वाचित हुनुभएको थियो । पाल्पाको पालिकास्तरको नेतृत्वमा आचार्य एक जना मात्रै महिला सभापति हुनुभएको हो । नेपाली कांग्रेस निस्दीको सभापतिमा पूर्ण बहादुर खाँड, रम्भाको सभापतिमा ऋषिराम अर्याल, माथागढीको सभापतिमा दिपक थापा, तिनाउको सभापतिमा प्रेम पाण्डे, वगनाशकालीको सभापतिमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहराको सभापतिमा विष्णु पोखरेल निर्विरोध निर्वाचित हुनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update