Erani Mahal
कांग्रेस तानसेनकाे नगर सभापतिमा शाक्य निर्वाचित
subarna sakya
पाल्पा – नेपाली कांग्रेस तानसेन नगर कमिटीको सभापतिमा सुवर्णमुनी शाक्य निर्वाचित हुनुभएकाे छ । बुधबार निर्वाचन प्रक्रियामा शाक्यकाे मात्र सभापति पदमा एकल उम्मेदवारी परेकाे थियाे । उहाँकाे मात्र उम्मेदवारी परेपछि सभापतिमा शाक्य निर्वाचित भएकाे निर्वाचन समितिले जनाएको छ । यसअघि माेहन श्रेष्ठकाे समेत सभापतिमा दावी रहेकाे थियाे । तर श्रेष्ठले उम्मेदवारी दिनुभएन । शाक्य गत २०७४ सालकाे निर्वाचनमा तानसेन ४ बाट निर्वाचित वडा अध्यक्ष राजेन्द्रमुनी शाक्यका भाइ समेत रहनुभएकाे छ ।
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update