Erani Mahal
कांग्रेसकाे तानसेन नगर सभापतिमा शाक्यकाे मात्रै उम्मेदवारी, श्रेष्ठकाे उम्मेदवारी परेन !
subarna sakya
पाल्पा – नेपाली कांग्रेस तानसेन नगर कमिटीको सभापतिका लागि एक जनाको मात्र उम्मेदवारी परेको छ । सभापतिमा पाल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष मोहन श्रेष्ठ र सुवर्णमुनी शाक्यको दावी रहँदै आएको थियो । बुधबार निर्वाचन प्रक्रिया सुरु भएपछि भने सभापतिका लागि सुवर्णमुनी शाक्यले मात्र उम्मेदवारी दिनुभएको निर्वाचन समितिले जनाएको छ । सभापतिका दावेदार रहनुभएका श्रेष्ठलाई उम्मेदवारी फिर्ता गर्न दवाब दिएपछि उहाँले सभापतिमा उम्मेदवारी नदिएको स्रोतले जनाएको छ । सत्ता र शक्तिको आडमा श्रेष्ठलाई उम्मेदवारी दिन रोकेको स्रोतले जनाएको छ । श्रेष्ठकाे पछि नलाग्न एक पक्षबाट कार्यकर्ता र नेतालाई चाैतर्फी दबाव दिइएकाे स्राेतकाे भनाइ छ । श्रेष्ठ पछि हटेपछि अर्कै पदमा मनाउने तयारी गरिएकाे छ । तस्विर स्राेत : शाक्यकाे फेसबुक पेजबाट । यद्यपी श्रेष्ठले आफूले उम्मेदवारी नदिएर सहमतिबाट नेतृत्व चयन गर्न मार्ग प्रशस्त गरेको जिकिर गर्नुभयो । नेताहरुको आग्रहमा आफूले सभापतिको पदमा उम्मेदवारी नदिएको इरानीमहललाई बताउनुभयो । कांग्रेस स्रोतका अनुसार सभापति सहित अन्य पदमा समेत सहमति कायम गरेर अगाडि बढ्ने प्रयास गरिएको छ । निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्दा एउटा गुटका नेता बढारिने भयले सहमतिबाट कांग्रेसको समिति चयन गर्न दबाव परेको हो । तानसेनको नेतृत्व चयन गर्न नसकेको कांग्रेसले मंगलबारदेखि निर्वाचन प्रक्रिया सुरु गरेको छ । यद्यपी सबै पदमा सहमतिकै आधारमा टुङ्ग्याउने प्रयास भईरहेको छ ।
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update