Erani Mahal
तिनाउ पानीमिल नजिकै जीप दुर्घटना : दुई जना घाइते !
242445579_298044938798696_2476245678777143834_n
पाल्पा - जिल्लाको पाल्पा बुटवल सडक खण्डको सिद्धार्थ राजमार्गमा बलेरो जीप दुर्घटना भएको छ । पाल्पाबाट बुटवल जाँदै गरेकाे जीप तिनाउ गाउँपालिका-३, पानीमिल सानोगैरामा दुर्घटना हुँदा दुइ जना घाइते भएकाे स्थानीय बासिन्दा कृष्ण प्रसाद पाण्डेले रानीमहललाई जानकारी दिनुभयो । लु १ च ४३ २६ नम्बरको रातो प्लेटको बलेरो दुर्घटनाका घाइतेको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार हुदै गरेको र घाइतेको अवस्था मध्यम् रहेको वडा अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो । घाइते हुनेमा बुटवल उपमहानगरपालिका–२, बस्ने २८ का ज्ञानबहादुर दर्लामी चालक, र सोही स्थानका वर्ष २२ का रोहित सिंजाली सहचालक रहेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक प्रहरी विष्णुबहादुर कुँवर रहनुभएको छ । दुबै जनाको अवस्था मध्यम् रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान ७ बजेतिर भएको कुँवरले बताउनुभयाे । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । तस्वीर कृष्ण पाण्डेकाे सहयाेगमा ।
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update