Erani Mahal
सुरक्षित बैदेशिक राेजगारी सम्बन्धी अन्तरक्रिया
kkk
पाल्पा - बैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम मोडन नेपाल, पाल्पाकाे आयोजना र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको सहयोगमा तानसेन नगरपालिकामा पत्रकारसँग र बगनासकाली गाउँपालिकामा जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम भएको हो । बगनासकालीमा भएकाे कार्यक्रममा बगनासकाली–९,चापपानीका यादव भुसालले घरबाट विदेश नपुग्दासम्म नेपालीले दुखैदुख पाउनु परेकाे बताउनुभयाे । उहाँले विदेशमा भन्दा नेपालमा धेरै दुख पाउनुपरेकाे बताउनुभयाे । निशुल्क भिसा र जहाज टिकटको नारा कार्यान्वयन नभएकाे उहाँकाे भनाइ थियाे । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले राहदानी बनाउन जानेहरूलाई स्थानीय तहकाे सिफारिस अनिवार्य गर्ने र तथ्यांक राखेर काम गर्न सके बैदेशिक राेजगारीमा देखिएकाे असुरक्षा कम गर्न सकिने बताउनुभयो । स्थानीय तहमा हेल्पडेस्क राखेर चेतनामूलक सन्देश फैलाउँदै सकेसम्म विदेश नजाने र जानै पर्ने भएपनि सुरक्षित भएर जानुपर्ने गराउन सकिने अध्यक्ष बस्यालले बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले वैदेशिक राेजगारमा जानेहरूमध्ये महिलाकाे विषय गम्भीर रहेकाे बताउनुभयाे । उहाँले विदेश जानेमध्ये महिला श्रमिककाे अवस्था ज्यादैँ पीडादायी र दुखद छ, यसलाइ न्युनीकरण गर्न कानुनी पाटाहरूमा समेत सुधार गर्नुपर्नेमा जाेड दिनुभयाे । नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले विदेशमा जाने मानिसलाइ स्थानीय सरकारले सबैभन्दा बढी सहयाेग गर्न सक्ने भन्दै हेल्प डेस्क, तथ्यांक संकलन र सचेतना लगायतका कार्यक्रम गर्नुपर्नेमा जाेड दिनुभयाे । कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल, बगनासकाली गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारी, चाापपानीका वडा अध्यक्ष थानेश्वर तिमिल्सिना, बराङदीका वडा अध्यक्ष गणेश बस्याल, नायरनमतलेसका वडा अध्यक्ष टिका बहादुर थापा, चिर्तुङ्गधाराका साेम बहादुर झेडी, पाेखराथाेकका टेकनाथ गैरेले धारणा राख्नुभयाे । कार्यक्रममा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशाेक रानाले वैदेशिक राेजगारकाे अवस्था, कामदारले पाएका दु:खका साथै ऐन,नीति, नियमका विषयमा जानकारी दिनुभयाे । उहाँले संघीय सरकार, बैदशिक राेजगार सम्बद्ध सरकारी तथा गैरसरकारी संस्थासँगकाे सहकार्यमा वैदेशिक राेजगारीलाइ सुरक्षित बनाउने बारे छलफल भइरहेकाे बताउनुभयाे । कार्यक्रम माेडर्न नेपालका पूर्व अध्यक्ष कृष्ण प्रसाद भुसालकाे सञ्चालन, संस्थाका अध्यक्ष एवं संविधानसभा सदस्य तुलसा रानाको अध्यक्षतामा चलेको हाे । यसैबीच तानसेनमा समेत पत्रकारसँग अन्तरक्रिया भएकाे छ । कार्यक्रममा पत्रकारहरूले जिल्लामा भइरहेका वैदेशिक राेजगारी र सुरक्षित आप्रबासन सम्बन्धी अनुभव राख्नुभएकाे थियाे । पत्रकारहरूले रिपाेर्टिङ् र जनचेतनाकाे माध्यमबाट वैदेशिक राेजगारीलाइ सुरक्षित र मर्यादित बनाउन सकिने बताएका थिए । कार्यक्रममा माेर्डन नेपालका अध्यक्ष तुलसा राना, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशाेक राना, पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे ।
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update