Erani Mahal
तानसेनकाे हाेटलबाट अबैध चन्दा संकलन गरेका ५ जना पक्राउ
pakrau
पाल्पा – अबैध रुपमा चन्दा सङ्कलन गर्ने ५ जना व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । तानसेनमा अबैध चन्दा सङ्कलन गरेको सूचनाका आधारमा तानसेन–६, बसपार्कको करुवा होटलबाट प्रहरीले पाँच जना पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा जिल्ला पालुङ्टार नपा–७, का ३६ वर्षका दिपक भन्ने प्रदिप गुरुङ्, मोरङ् जिल्ला उर्लाबारी नपा–९, बस्ने ३३ वर्षका धनबहादुर विश्वकर्मा, मोरङ जिल्ला पथरी–९, का ४३ वर्षका राजेश खरेल रहेका छन् । यस्तै झापा जिल्ला कनकाई नपा–४, बस्ने ३८ वर्षका केदार विक र झापा जिल्ला कनकाई नपा–३, बस्ने वर्ष ४६ का सूर्यबहादुर विक रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट मृगौला पीडित सहयोग लेखेको सहयोग रसिद र सामाजिक सहयोग नेपाल अभियानको नामबाट गरी ५० थान बढी सहयोग रसिद बरामद गरेको छ । यस्तै अबैध रुपमा सङ्कलन गरेको २१ हजार २ सय ५५ रुपियाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । पक्राउ परेका पाँचै जनामाथि थप गरी अनुसन्धान कार्य भईरहेको प्रनाउ त्वातीले बताउनुभयो । यस्तै ग्रामीण क्षेत्रमा समेत विभिन्न व्यक्ति मृगौला पीडित, क्यान्सर पीडित, भुकम्प, बाढी पहिरो तथा आगलागी पीडितको नाममा सहयोग उठाउने काम भईरहेको छ । जिल्लाभित्रका बास्तविक पीडित मानिसहरूको उपचार तथा सहयोगका लागि आर्थिक सहयोग अभियान चलाएपनि जिल्लाबाहिरबाट नक्कली कागजपत्र बनाएर ठगी भईरहेको स्थानीय बासिन्दाको गुनासो बढेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update