Erani Mahal
पाल्पा कोरोना अपडेट : १८ जनामा कोरोना संक्रमण पुष्टि
corona-gg
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका ३ जना, रामपुर नगरपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका १ जना, निस्दी गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका ९ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ९२ जनाको कोरोना परीक्षण गरिएकोमा ११ जना महिला र ७ जना पूरुष संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले मंगलबार ३९ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १४५ पुगेको छ । सक्रिय संक्रमितमध्ये .१२७ जना होम आइसोलेसनमा र १८ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update