Erani Mahal
माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने
Barshaman-pun-ananta-3
काठमाडाैं - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उहाँलाई बुधबार बिहान आठ बजे बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ । नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित हुनु हुन्थ्यो । चार वर्ष पहिले पनि उहाँलाई बैंककको समितिभेज अस्पतालमा उपचार गरी ल्याइएको थियो । त्यसअघि नयाँ दिल्लीमा र थापाथली स्थित नर्भिक अस्पतालमा उहाँले उपचार गराउनु भएको थियो । फेरि पनि स्वास्थ्यमा समस्या देखिएपछि आइतबार सुमेरु अस्पतालमा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो ।परीक्षणको क्रममा रगतमा बेलिरुबिनको मात्रा बढेको पाइएको पारिवारिक स्रोतले बताएको छ । सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनलाई निवासमै गएर भेटेनु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update