Erani Mahal
नेपालमा २८.३ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप
243373696_155539600032258_2861258107452196473_n
काठमाडौं– नेपालमा २८ प्रतिशतभन्दा बढी व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २८.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । अर्थात् ६१ लाख ६५ हजार ६२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । त्यसैगरी, ३१.२ प्रतिशत (६९ लाख ९३ हजार ४५६ जना) ले पहिलो मात्रा खोप लगाइसकेका छन्। सरकारले कूल जनसंख्याको ७२ प्रतिशत अर्थात् दुई करोड १५ लाख जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । जसमा वैदेशिक रोजगारी वा अन्य कारणले देशबाहिर रहेका र बालबालिकाहरुको संख्या भने समावेश गरिएको छैन । सरकारले दसैं अघिसम्म लक्षित जनसंख्यामध्ये तिहाईलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ ।नेपालमा अक्सफोर्ड एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update