Erani Mahal
मौसमी रुघाखोकीका लक्षण र बच्ने उपाय
flu1632367879
मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन् । यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ । वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन् । लक्षण – ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी) – टाउको दुख्ने – घाँटी दुख्ने – रुघाखोकी लाग्ने – श्वास फेर्न गाह्रो हुने – बच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ बच्ने उपाय – खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं। – साबुन पानीले मिची मिची हात धुने गरौं। – पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं। – ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गरौं। – आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं। – ज्वरो रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं। – शंकाष्पद रोगी व्यक्तिवाट सकभर टाढै वसौं। – आँखा, नाक तथा मुखमा अनावस्यक रुपमा हात नलैजाऔं। – सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने। – अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौं। – नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update