Erani Mahal
कांग्रेस नेतृत्व चयनमा कतै सहज, कतै सकस
congreeeee
पाल्पा–नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाल्पाको नगर तथा पालिकामा कांग्रेस पदाधिकारी चयन भएका छन् । जिल्लाका दश स्थानीय तहमध्ये सातवटा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदा दुइ पालिकामा निर्वाचन भएको छ भने एकवटामा स्थगित भएको छ । सबैभन्दा चर्चामा रहेको तानसेनको भने निवार्चन प्रक्रिया नै स्थगित भएको छ । नेपाली कांग्रेस माथागढी गाउँपालिकाको सभापतिमा दिपक थापा,रम्भामा ऋषिराम अर्याल, निस्दीमा पूर्ण बहादुर खाँड, पूर्वखोलामा बिष्णु आचार्य, तिनाउँमा प्रेम पाण्डे, वगनासकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पोखरेल सर्वसम्मत रूपमा चयन हुनुभएको छ । रिब्दीकोट गाउँपालिकामा मतदानको माध्यमबाट रामचन्द्र पाण्डे निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । पाण्डेले ९७ मत सहित विजय बन्नुभयो भने उहाँका प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गर्नुभएको थियो । यस्तै पाल्पाको रामपुर नगरपालिकामा मतदानको माध्यमबाट नेपाली कांग्रेस सभापतिमा नेत्र प्रसाद भट्टराई निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । यस्तै सदरमुकामको तानसेन नगरपालिकामा उद्घाटन सत्रमात्र सम्पन्न गरेर बन्द सत्र सुरू नहुँदै १४ औं नगर अधिवेशन स्थगित गरिएको छ । तानसेनमा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठले कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। नगर सभापतिमा सुवर्णमुनी शाक्य समेत उम्मेदवार बन्ने चर्चा चलेको छ । नगर सभापतिमा श्रेष्ठ र शाक्यको दावी छ । यद्यपी शाक्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छैन । शाक्यलाई हालको जिल्ला नेतृत्वको समर्थन रहेको दावी गरिएको छ भने श्रेष्ठलाई जिल्लामै बसेर पार्टी र सामाजिक कार्यमा क्रियाशिल रहेको भन्दै प्रतिनिधिहरुले सभापति पदको उम्मेदवार हुनबाट पछि नहट्न दवाब दिइरहेका छन् । यसले पनि कांग्रेसको नगर नेतृत्व चयन हुन सकेको छैन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्धारित कार्यतालिका अनुसार क्रियाशिलता सदस्य विवाद नरहेका तथा समाधान भएर वडा अधिवेशन भएका ६४ जिल्लाहरुमा शनिबार नगर तथा पालिका अधिवेशन भएको हो । १३ जिल्लामा भने सदस्यता विवाद अझै कायम नै रहेकोले वडा अधिवेशन हुन सकेको छैन ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update