Erani Mahal
नेपाली काँग्रेस पाल्पाको ९ वटा स्थानीय तहमा पदाधिकारी चयन
congreeeee
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाल्पाका ९ वटा स्थानीय तहमा कांग्रेस पदाधिकारी चयन भएका छन् । जिल्लाका दश स्थानीय तहमध्ये सातवटा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदा दुइ पालिकामा निर्वाचन भएको छ भने एकवटामा स्थगित भएको छ । जिल्लाको रामपुर नगरपालिकामा नेपाली कांग्रेस सभापतिमा नेत्र प्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । यस्तै सदरमुकामको तानसेन नगरपालिकामा उद्घाटन सत्रमात्र सम्पन्न गरेर बन्द सत्र सुरू नहुँदै १४ औं नगर अधिवेशन स्थगित गरिएको छ । तानसेनमा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठले कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। नगर सभापतिमा सुवर्णमुनी शाक्य समेत उम्मेदवार बन्ने चर्चा चलेको छ । नगर सभापतिमा श्रेष्ठ र शाक्यको दावी छ । यद्यपी शाक्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छैन । नेपाली कांग्रेस माथागढी गाउँपालिकाको सभापतिमा दिपक थापा,रम्भामा ऋषिराम अर्याल, निस्दीमा पूर्ण बहादुर खाँड, पूर्वखोलामा बिष्णु आचार्य, तिनाउँमा प्रेम पाण्डे, वगनासकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पोखरेल सर्वसम्मत रूपमा चयन हुनुभएको छ । रिब्दीकोट गाउँपालिकामा मतदानको माध्यमबाट रामचन्द्र पाण्डे निर्वाचित हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update