Erani Mahal
शनिवार पाल्पामा ७ जना काेराेना संक्रमित थपिदा १८ जना मुक्त !
corona-gg
पाल्पा– पाल्पामा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले शनिवार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रैनादेवी छहराका १ जान, र तानसेन नगरपालिकाका ६ जनामा गरी ७ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ३६ जनाको कोरोना परीक्षण गरिएकोमा ७ जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले शिनवार १८ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १६९ पुगेको छ । सक्रिय संक्रमितमध्ये १४९ जना होम आइसोलेसनमा र २० जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update