Erani Mahal
पाल्पा कोरोना अपडेट: १० जनामा कोरोना संक्रमण पुष्टि
Coronavirus-recession
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकाका १ जान, तिनाउ गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, रम्भा गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ९८ जनाको कोरोना परीक्षण गरिएकोमा १० जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले शुक्रबार ६ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १८० पुगेको छ । सक्रिय संक्रमितमध्ये १६० जना होम आइसोलेसनमा र २० जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update