Erani Mahal
तिनाउँ खाेलामा पाैडिखेल्न गएका बालक मृत अवस्थामा फेला
viber_image_2021-09-23_22-57-25-056-1333x1000
पाल्पा- बुटवल देविनगर स्थित तिनाउ नदीमा पाैडि खेल्न गएका बालक मृत अवस्थामा फेला परेका छन् । विहिवार साँझदेखि हराएका बालक शव बुटवल ४ आर्दशनगरका ८ बर्षिय सुजन सारुको भएको ईलाका प्रहरी कार्यालयका निरीक्षक पंकज चुदालीले जानकारी दिनुभयाे । हिजो साझ ४ बजेदेखी परिवारको सम्पर्कमा नरहेका सुजनले पौडी खेल्न खोलामा जान्छु भन्दा परिवारले नजान भन्दै रोकेको र परिवारलाई छलेर पौडी खेल्न गएका थिए । हिजै साझसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले बालक हराएको भन्दै ईलाका प्रहरीमा जानकारी गराएका थिए । शुक्रबार विहानै बुटवल ११ बुद्धनगरको पुलभन्दा मुनि तिनाउँ नदीमा ढुंगामा अड्किरहेको अवस्थामा सुजनको लास फेला परेको थियो । ‘लास फेला परेपछि उनकी आमाले सुजन नै भएको पुष्टि गर्नुभयाे’ प्रहरी निरीक्षक चुँदालीले बताउनुभयाे ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update