Erani Mahal
तानसेनकाे फुलबारीमा युवक मृत फेला !
death
पाल्पा – पाल्पामा अर्का एक जना युवक मृत अवस्थामा फेला परेका छन् । यसअघि बगनासकाली गाउँपालिका–७, खानीगाउँका ३५ वर्षीय दिपक भट्टराई मृत अवस्थामा फेला पर्नुभएको थियो । प्रहरीले शुक्रबार बिहान १० बजेतिर तानसेन–२, फुलबारीमा अर्का एक युवक मृत अवस्थामा फेला परेको जनाएको छ । तानसेनको फुलबारीमा मृत फेला परेका युवक बाग्लुङ् जिल्ला ढोरपाटन नगरपालिका–७, बोबाङ्का ३२ वर्षका बसन्त विक रहेको प्रहरीले जनाएको छ । विक मृत अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । विकको के कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update