Erani Mahal
पाल्पाको बगनासकालीमा एक युवा मृत अवस्थामा फेला
dath body
पाल्पा–पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकामा वडा नं. ७ खानीगाउँमा एक युवक मृत अवस्थामा फेला परेका छन । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार खानीगाउँ कल्लाबारी बस्ने ३५ वर्षीय दिपक भट्टराई मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार गोरेटोबाटोबाट डेढ मिटर तल बारीको कुनामा बिहीबार साँझ ७ः३० बजे मृत अवस्थामा फेला परेका थिए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update