पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बिहिबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १०२ जनाको कोरोना परीक्षण गरिएकोमा ११ जना महिला र ६ जना पूरुष संक्रमित भएका छन् ।
यस्तै स्वास्थ्य कार्यालयले बिहिबार २१ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १७६ पुगेको छ । सक्रिय संक्रमितमध्ये १६३ जना होम आइसोलेसनमा र १३ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८ १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय