Erani Mahal
एमाले पाल्पाकाे भेला : पाँच दलीय गठबन्धन धेरै दिन टिक्दैन : नेता पाैडेल
242575188_1578245729174434_143527183348346756_n
पाल्पा - नेकपा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले पाँच दलीय गठबन्धन धेरै दिन नटिक्ने बताउनुभएकाे छ । नेकपा एमालेले बुधबार तानसेनमा गरेकाे कार्यकर्ता भेलालाइ सम्बाेधन गर्नुहुँदै पाैडेलले केही व्यक्तिगत फाइदाका लागि बनेकाे गठबन्धन धेरै दिन नटिक्ने दावी गर्नुभयाे । उहाँले माधव नेपालकाे पार्टीलाइ राजनीतिक शक्तिको रुपमा स्विकार्न नसकिने बताउनुभयाे । नेपालको कानुन अनुसार कुनै पनि पार्टी र संसदीय दलमा ४० प्रतिशत कायम हुनुपर्ने नियम भएपनि अध्यादेशकाे साहारामा बनेकाे पार्टीलाइ कानुनत स्वीकार गर्न नसकिने बताउनुभयाे । माधव नेपाल समूह प्रधानमन्त्री, सभामुख र विदेशी शक्तिको कृपाबाट प्रचलित कानुन विपरित बनाईदिएको अवैधानिक झुण्ड भएको उपमहासचिव पौडेलले आरोप लगाउनुभयाे । उपमहासचिव पौडेलले माओवादी प्रचण्डसँग विलय हुनको लागि नेपाल समूहले आधारहरु खोजीको लागि गृहकार्य शुरु गरेको जिकिर गर्नुभयाे । नेकपा एमालेबाट माधव नेपाल अलग भएकोमा सबैभन्दा बढी खुसी प्रचण्ड लगायत माओवादी नेता र नेपाली काँग्रेसहरु भएको बताउँदै कोही खुसी हुँदैमा एमाले शक्ती कमजोर नभएको एमाले महासचिव पौडेलकाे भनाइ छ । अगुवा कार्यकर्ताहरु भेलालाई एमाले केन्द्रिय सदस्य दलबहादुर राना, ठाकुर गैरे र दधिराम न्यौपानेले पार्टीमा अन्तरविरोध कलह भएपनि पार्टी भित्रै बहसबाट समस्या समाधान गर्न सकिने अवस्था हुँदा हँुदै पार्टीबाट अलग भएर माधव नेपाल पक्षले आत्मघाती बाटो रोजेको उल्लेख गर्नुभयाे । भेलामा लुम्बिनी प्रदेश कमिटी सदस्य यादवबहादुर रायमाझी, प्रदेश कमिटी सदस्य झपेन्द्र बहादुर जिसी, लेखा आयोग सदस्य धनेन्द्रराज घिमिरे, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख मिरा मरासिनी लगायतले धारणा राख्नुभएकाे थियाे । जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष मोहन थापाको स्वागत र सचिव ओमबहादुर घर्तिमगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update