Erani Mahal
निस्दी मित्यालका हस्त बहादुर खाम्चालाई पुनः आर्थिक सहयोग प्राप्त
khamcha nisdi
पाल्पा - निस्दी गाउँपालिका मित्यालका हस्त बहादुर खाम्चालाई पुनः आर्थिक सहयोग प्राप्त भएको छ । धन कमाउनको लागि विदेश पस्नुभएको निस्दीका खाम्चा पूर्ण अशक्त भएर फर्कनुभयो भन्ने रानीमहल डटकममा प्रकाशन भएकाे समाचारको प्रभावबाट खाम्चालाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटदै आएको छ । विगत केही वर्ष अगाडि रोजगारीको सिलसिलामा साउदी अरेबियामा जानु भएका खाम्चा काम गर्दैगर्दा दुर्घटनामा परि पूर्ण अशक्त भएर नेपाल फर्कनुभएको थियो । निस्दी गाउँपालिका - ४ , मित्याल , भोर्मा , पाल्पा स्थायी निबासी खाम्चालाई हाल दुबईमा कार्यरत नेपाली दाजुभाइहरुले ५० हजार रकम पठाइएका छन । उक्त रकम निस्दी गाउँपालिका मित्याल तथा झिरुबास स्थायी घर भइ हाल दुबईमा रहनुभएका नेपालीहरुले आफुहरुले कमाएको पैसाबाट बचाएर खाम्चाको परिवारलाई थोरै राहत मिलोस भनेर पठाएको बताएका छन । सहयोग रकम दुर्गा बहादुर सुनारीको विषेश पहलमा विभिन्न व्यक्तिहरुसंग संकलन गरि पठाएको भुपिन्द्र सुनारीले बताउनुभयो । रकम पाएपछि खाम्चाले खुसी व्यक्त गर्नुहुँदै सहयोग गर्नुहुने सबैलाई धन्यवाद प्रकट गर्नुभएको छ। यस अगाडि पनि खाम्चालाई विभिन्न व्यक्ति तथा समूहले रकम सहयोग गरेका थिए । हालसम्म खाम्चालाई १ लाख २६ हजार २ सय ६९ रुपैयाँ सहयोग प्राप्त भएको छ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update